भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमण फैलिए यताकै २४ घण्टामा सबैभन्दा धेरै १० हजार ४३८ जना कोरोना संक्रमित थपिएका हुन् ।

सोही अवधीमा भारतमा कोरोनाले २९७ मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ६ हजार ९४६ जनाको ज्यान गइसकेको छ ।

कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । यसमध्ये १ लाख १८ हजार ६९५ निको भइसकेका छन् । ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित देशहरुको सूचीमा छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्