नोभेल कोरोना भाइरसका थप २१३ संक्रमित थपिए

<span class='c1'>नोभेल कोरोना भाइरसका थप</span> <span class='c2'>२१३ संक्रमित थपिए</span>

नोभेल कोरोना भाइरसका २१३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका २१३ संक्रमित थपिएका हुन् ।

जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् ।

दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । देशभरका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

देशभरका विभिन्‍न अस्पतालबाट ४६७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा पुरुषहरु ३९९ जना र ६८ जना महिला रहेका छन् ।

देशभर हालसम्म ९६ हजार २०५ पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी देशभर जनाको एक लाख ४५ हजार ४९ जनाको आरडीटी परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्