रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन।
मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया जानकी मुसहर, ४० वर्षीय माधव मुसहर र १४ वर्षीय पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । माधव र जानकी श्रीमान-श्रीमती हुन् ।
घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । प्रहरीकाे अनुसार धेरैको घाँटीमा चोट लागेकाे देखिन्छकाे छ ।
उक्त हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् । मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सिंजालीले राति हत्या गरेर सिंजालीले पांचै जनालाई तन्नाले बेरेका थिए ।
सिंजालीले कोदालो प्रहार गरी हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।