लकडाउनको स्वरूप फेर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अहिलेको मोडालिटी हेरफेर गर्ने कार्यसूची रहेको एक मन्त्रीले बताए । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिँदैछ ।
असार १ गतेदेखि लागु हुनेगरी सरकारले लकडाउनको अहिलेको स्वरूप बदल्न लागेको हो ।
कोभिड १९ नियन्त्रणको केन्द्रीय कमान्ड सम्हालिरहेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरले लडकाउन खुकुलो बनाउने पाँच चरणको मोडालिटी प्रस्तुत गरेको छ ।