भारतमा दैनिक कोरोना संक्रमित बढ्दै , मृतकको संख्या ८ हजार बढी

<span class='c1'>भारतमा दैनिक कोरोना संक्रमित बढ्दै ,</span> <span class='c2'>मृतकको संख्या ८ हजार बढी</span>

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिक रूपमा झन् बढ्दै गइरहेको छ । बुधबार भारतमा हालसम्मकै बढी दैनिक संक्रमण र मृत्युका केस फेला परेका छन् भने मृतक संख्या पनि ८ हजार नाघेकाे छ ।

एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत अहिले विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा छ । संक्रमित संख्याका अाधारमा उसले चाँडै नै स्पेन र बेलायतलाइ पनि उछिनेर चाैथाे नम्बरमा उक्लिने देखिएकाे छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा पछिल्लो २४ घण्टाको अवधि (बुधबार) मा १२ हजार ३७५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । याे भारतमा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हाे । मंगलबार त्यहाँ १० हजार २१८ जना नयाँ संक्रमित फेला परेका थिए ।

याे समाचार तयार पार्दासम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ८७ हजार १५५ पुगेकाे वर्ल्डाे मिटर्सकाे तथ्यांकले जनाएकाे छ । साथै त्यहाँ काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार १०७ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै भारतमा काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट भारतमा दैनिक मृत्यु हुनेमा याे नै हालसम्मकाे बढी संख्या हाे ।

अहिले भातरमा १ लाख ३८ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ४० हजार ९८९ जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बुधबार एकै दिन ६ हजार ८१४ जना निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्