भारतको दिल्लीमा तापक्रम ४२ डिग्री माथि पुग्यो

<span class='c1'>भारतको दिल्लीमा तापक्रम ४२</span> <span class='c2'>डिग्री माथि पुग्यो</span>

नयाँ दिल्ली । दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् ।

‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ ।

त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको  तापक्रम क्रमशः ४२ र ४२.५ डिग्री सेल्सियस रहेको बताएका छन् ।

दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ ।

दिल्लीमा शनिबार आंशिक बदली भई निम्नतम र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र ४१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान मौसम विभागले गरेको छ ।

भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कूलदीप श्रीवास्तवले दिल्ली र आसपासका क्षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्