भारतमा तिब्र गतीमा कोरोना संक्रमण फैलदै , विश्वमै चौथो स्थानमा

भारतमा तिब्र गतीमा कोरोना संक्रमण फैलदै , विश्वमै चौथो स्थानमा

भारतमा तिब्र गतीमा कोरोना संक्रमण फैलिरहेको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा चौथो स्थानमा आइपुगेको छ ।

लकडाउनमा छुट दिएपछि भारतका संक्रमण झन धेरै फैलिएको बीबीसीले जनाएको छ । ८ जुनमा भारत सबैभन्दा धेरै संक्रमित देशको सूचीमा भारत पाचौं स्थानमा थियो । तर १२ जुनमा आइपुग्दा बेलायतलाई पछि पार्दै भारत चौथो स्थानमा आएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म २ लाख ९७ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ९१ हजार ४१३ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्