कोरोनाको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार बढी

कोरोनाको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार बढी

कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ३४९ पुगेको छ ।

संक्रमितको संख्या ७५ लाख ५३ हजार १८२ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कोरोनाका कारण १८ जनाको ज्यान गइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको छ । चीनमा करिब नियन्त्रणमा आइसके पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल र क्रमशः रुस र भारतमा कोरोनाको संक्रमण फैलिएको छ । लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।

सुरुका दिनमा गर्मी मौसम सुरु भएपछि कोरोना संक्रमण आफैं कम हुने भनिए पनि विश्व स्वास्थ्य संगठले आफूसँग त्यस्तो कुनै प्रमाण नरेहको बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्