नयाँ नक्सामा भारतको प्रतिक्रिया : “वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भयो”

नयाँ नक्सामा भारतको प्रतिक्रिया : “वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भयो”

काठमाडौं, जेठ ३२ । नेपालले नयाँ नक्शा जारी गर्दै संविधानमा समेत संलग्न गराएकामा भारतले नकारात्मक प्रतिक्रिया जनाउँदै यसले सीमा विवाद वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भएको टिप्पणी गरेको छ ।

नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनप्रति भारतको विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर नेपालले भारतको केही क्षेत्रलाई नक्शामा समेटेको प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्शाका लागि नेपालको संविधान संशोधन भएको नोटमा लिएको बताएका हुन् ।

‘नेपालको प्रतिनिधि सभाले भारतीय भूमि समेटेर नेपालको नक्शा परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा राखेका छौं । यो विषयमा हामीले पहिला नै हाम्रो स्पष्ट धारणा राखिसकेका छौं’ श्रीवास्तवले भनेका छन् ।

लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको आरोप पनि भारतले लगाएको छ । प्रवक्ता श्रीवास्तवले भनेका छन्, ‘यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

यसअघि नेपालले कालापानी क्षेत्र समेटेर नयाँ नक्शा सार्वजनिक गर्दा पनि भारतले आपत्ती जनाएको थियो ।

बनावटी विस्तारको दाबी कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन भन्दै भारतले यो कदम सीमा विवाद वार्ताका माध्यमबाट टुंग्याउने हाम्रो बुझाइको उल्लंघन हो भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्