आजबाट रेडियो,टिभी लगायत बैकल्पिक विधिबाट पठनपाठन हुने

<span class='c1'>आजबाट रेडियो,टिभी लगायत बैकल्पिक</span> <span class='c2'>विधिबाट पठनपाठन हुने</span>

काठमडौं, असार १ । कोरोना महामारीको त्रास कम रहेपछि सरकारले सोमबारदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्ने भएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरले टिभी, रेडियो, इन्टरनेट, एफएम लगायतबाट पठनपाठन सुरू गर्न लागिएको जानकारी दिएको छ ।

इन्टरनेट पहुँच हुने विद्यार्थीले यु ट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ ।

वैकल्पिक सिकाइ कार्यलाई निरन्तरता दिन श्रव्यदृश्य पाठ प्रसारण समय तालिका समेत बनाइएको छ ।

यो तालिका असार महिना भरका लागि रहेको केन्द्रले जानकारी दिएको छ ।

आधारभूत तहका विद्यार्थीलाई बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विषयगत रूपमा पठनपाठन गराइने छ भने कक्षा ९ र १० को हकमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पठनपाठनको समय तोकिएको छ ।

एउटा कक्षाको समयावधि करिब ३५ मिनेटको हुनेछ । केन्द्रले सम्भव भएसम्म विद्यार्थीलाई सबै विषय पठनपाठन गराइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्