नेपालमा तिब्र रुपमा बढ्दै कोरोना : पछिल्लो २४ घण्टामा ४५१ थपिए

<span class='c1'>नेपालमा तिब्र रुपमा बढ्दै कोरोना</span> <span class='c2'>: पछिल्लो २४ घण्टामा ४५१ थपिए</span>

नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र  ३५ महिला रहेका छन् ।

यसअघि दैनिक संक्रमित थपिनेको संख्या सबैभन्दा बढी ४३३ रहेको थियो ।

जम्मा संक्रमितको संखया ६ हजार २११  पुगेको छ । देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

हालसम्म देशभर कोरोना संक्रमित उपचारपछि एक हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा  १०४ महिला र  र ९३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जसमा ६० पुरुष र ७ महिला रहेका छन् ।

देशभर हालसम्म एक लाख ३८हजार ६८३ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १९ हजार ३३६ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा १ लाख ३३ हजार ८२९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार १५१ कोरोना संक्रमितहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्