भारतको चेन्नईमा संक्रमित बढेपछि फेरि अत्यन्तै कडाइका साथ लकडाउन लगाइने

भारतको चेन्नईमा संक्रमित बढेपछि फेरि अत्यन्तै कडाइका साथ लकडाउन लगाइने

संक्रमितहरुको संख्या बढ्दै गएपछि दक्षिण भारतीय शहर चेन्नईमा फेरि अत्यन्तै कडाइका साथ लकडाउन लगाइने भएको छ । १ करोड ५० लाख जनसंख्या भएको सो शहर तथा उसका आसपासका शहरहरुमा मा अगामी शुक्रबारदेखि लकडाउन लगाइँदैछ ।

तमिलनाडुका मुख्यमन्त्री एडाप्पाडी के पालनीस्वामीले एक वक्तव्य जारी गर्दै भनेको छन् ‘चेन्नई, तिरुभाल्लुर, चेङगालपेट र कान्चिपुरमा जिल्लाहरुमा १९ जुनदेखि पूर्ण लकडाउन हुनेछ ।’

उक्त लकडाउने पूरै जुन महिनाभरि लागु हुनेछ ।

लकडाउनको अवधिभर अटो, ट्याक्सी तथा निजी सवारी साधनहरुलाई आपतकालीन स्वास्थ्य प्रयोजनका लागि मात्रै प्रयोग गर्न अनुमति दिइनेछ । त्यसअवधिमा बैंकहरु ३३ प्रतिशत कर्मचारी राखेर सञ्चालन गरिनेछ । ग्रोसरी पसल, तरकारी बजार, पेट्रोल पम्प तोकिएको समयभरिका लागि मात्रै खोलिनेछ । होटेलहरु पाहुनाहरुलाई छोडेर जाने प्रयोजनका लागि मात्रै खोलिनेछ ।

तमिलनाडुको राजधानी चेन्नई यतिखेर भारतमा महाराष्ट्रपछि सबैभन्दा बढी संक्रमण फैलिएको शहर बनेको छ ।  भारतको यस दक्षिणी शहरमा ४४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । गत २४ घण्टायता ३८ जनाको निधन भइसकेको छ । यतिखेर (असार २ गते राति ११ः३० बजेसम्ममा) पूरै भारतभरिमा संक्रमितहरुको संख्या ३,३२,४२४ पुगिसकेको छ । सोही संक्रमणका कारण भारतभरिमा ९,५२० जनाको निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्