चिनियाँ सेनासँगको झडपमा परी भारतका तीन सैनिकको मृत्यु

चिनियाँ सेनासँगको झडपमा परी भारतका तीन सैनिकको मृत्यु

एजेन्सी । चिनियाँ सेनासँगको झडपमा परी भारतका तीन सैनिकको मृत्यु भएको छ ।

गलवान भ्यालीमा चिनियाँ सैनिकसँग भएको झडपमा एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको हो ।  भारत सरकारको आधिकारिक बयानअनुसार गलवान भ्याली सीमामा सैनिक पछाडि हट्ने क्रममा झडप भएको हो । भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति दुवै देशका सेनाबीच भएको संघर्षमा एक अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारी अनुसार अहिले दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु यो विषयको विवाद सुल्झाउनका लागि घटनास्थलमा बैठक गरिरहेको बीबीसीले समाचारमा जनाएको छ ।

गलवान भ्याली भारत-चीनको लद्दाख सीमा रेखाअन्तर्गतको क्षेत्र हो । पछिल्ला दिनमा यस क्षेत्रमा चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको विषयमा दुई देशबीच तनाव उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्