अपडेट : नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए

अपडेट :  नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् ।

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।

७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५९१  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । जसमा १०९ पुरुष र ८ महिला रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ४३  हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३  हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ५३१ कोरोना संक्रमितहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्