कोरोना संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी

कोरोना संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी

एजेन्सी । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् ।

एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ ।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिले कोभिड–१९ विरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामीलाई जोगाउने दाबी विज्ञहरुले गरेका छन् ।

कोरोना भाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षण मध्ये यो औषधि पनि एउटा हिस्सा भएको जनाइएको छ । उक्त औषधि शुरुदेखि नै पाइएको भए करिब ५ हजार बेलायतीको जीवन जोगिने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यो औषधि सस्तो रहेको र यसले उच्च संख्यामा कोभिड–१९ का संक्रमित देखिएका गरीब देशहरूलाई ठूलो राहत दिनसक्ने बताइएको छ ।

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ । यो औषधिको प्रयोगले भेन्टिलेटरमा राख्नुपर्ने आधा बिरामीको मृत्यु भइरहेको सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउन सकिने बताइएको छ ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नशामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीलाई चक्कीका रूपमा दिइन्छ । कोरोनाविरुद्धको १३५ खोप भने परीक्षणकै चरणमा रहेको र यस वर्षको अन्तिमसम्ममा खोप विकास हुनसक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्