भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो सैनिकहरुको संख्या ह्वात्तै बढायो

भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो सैनिकहरुको संख्या ह्वात्तै बढायो

एजेन्सी । चिनियाँ सेनासँगको झडपमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ । बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ । सम्भावित भीडन्तलाई मध्यनजर गर्र्दै ती क्षेत्रमा सैनिकहरुको संख्या ह्वात्तै बढाइएको छ भने स्थानीय मानिसहरुलाई सावधानीपूर्वक गाउँ खाली गर्न आह्वान गरेको छ ।  डेमचोक पेङगान्ग ताल वरिपरिका बस्तीहरुलाई सतर्क रहन आह्वान गरेको छ ।

त्यस्तै सीमा जोडिएको क्षेत्रमा मोबाइल फोन बन्द गर्न लगाइएको छ भने त्यहाँ तैनाथ सेनाको ल्यान्डलाइन फोन समेत बन्द गरिएको छ । अब उक्त क्षेत्रमा अपरेशनमा जोडिएका फोनहरुले मात्र काम गर्न सुरु गरेका छन् ।  त्यसैगरी लद्दाख क्षेत्रमै पर्ने लेह शहर बाहिर सेना बाहेकको सबै आवागमनमाथि प्रतिबन्ध लगाइएको छ । श्रीनगर–लेह राजमार्ग आमजनताका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

सैनिक अधिकारी र जवानहरुको विदा रद्द 
यसैबीच कोरोना महामारी लगायतका कारण देखाई विदामा बसेका सैनिक अधिकारी र जवानहरुको विदा रद्द गरेर तत्काल ड्युटीमा फर्किन भारतीय सेनाले सम्बन्धित फोर्समा ह्वीप जारी गरेको छ । कोरोना महामारीपछि थुपै्र सैनिक अधिकारी र जवानहरु विदामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्