भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार संक्रमित थपिएका हुन् ।

अनलक्ड–१ मा गएपछि भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा फैलिरहेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ ।

भारतमा रेल सेवा सुरु भएसँगै कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा फैलिरहेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण भएका देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा हालसम्म ३ लाख ६६ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि

भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

१२ हजार २३७ संक्रमितको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्