देशभरमा ३३१ जना संक्रमित थपिए

देशभरमा ३३१ जना संक्रमित थपिए

विराटनगर । नेपालभर पछिल्लो २४ घण्टाको अवधीमा ३३१ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा ७ हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

देशभरका २४ ल्याबमबाट सरकारले परीक्षणको दर बृद्धि गर्दै लगेको देखिएको छ । परीक्षण नमूनाको संख्याको तुलनामा संक्रमित हुनेको ४.५ प्रतिशत हो । देशभरमा ८ हजार ६०५ जना कोरोना संक्रमित पुगेका छन् भने उपचारपछि स्वास्थ्य लाभ लिने १ हजार ५७८ रहेका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ जना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्