मोरङमा स्थानीयको सहयोगमा सीमामा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना

मोरङमा स्थानीयको सहयोगमा सीमामा सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना

विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ डोरिया, बालुवारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट –बीओपी स्थापना भएको छ ।

स्थायी संरचनासहित सशस्त्र प्रहरी बलका लागि सीमा सुरक्षामा तैथान बनाउन स्थानीय नागरिकको सहयोगमा बीओपी स्थापना गरिएको हो । रतुवामाईका स्थानीयवासी सनातन राजबंशीले ८ कठ्ठा ४ धुर जग्गा भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनु भएको थियो । त्यहि जग्गामा निर्माण सम्पन्न भवनको शनिबार नगरपालिका प्रमुख रबिन राई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति (डीआईजी) सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्दै बीओपी स्थापना गर्नु भएको छ । बीओपी स्थापनाका लागि स्थानीयवासी, उद्योगी तथा सशस्त्र प्रहर(ी बल नेपाल नं.३ गण हेडक्वाटर( कंकालिनी टंकी मोरङ र रतुवामाई नगरपालिकाले सहयोग गरेका छन् ।

नगरपालिकाले २ लाख ७० हजार रुपियाँ बराबरको निर्माण सामाग्री उपलब्ध गराएको कंकालिनी गण टंकीका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । बीओपी उद्घाटन कार्यक्रममा जग्गादाता राजबंशीलाई बाहिनीपनि थापाले सम्मान गर्नु भएको थियो । नागरिकको सहयोग पाए सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी कहिल्यै नथाक्ने उहाँले बताउँदै नागरिक र फौजबीचको सम्बन्ध सुमधुर भईरहनु पर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक कार्कीले जिल्लामा शान्ति सुरक्षा ब्यवस्थापनमा पु¥याएको समन्वयकारी भूमिकाको साथै बीओपी स्थापनार्थ जग्गा प्राप्ति तथा अस्थायी संरचना निर्माण व्यवस्थापनमा पु¥याएको व्यवस्थापकीय कार्य अतुलनिय रहेको बताउनुभयो ।

मोरङमा नेपाल भारत सीमा नाकामा बीओपी स्थापनाका लागि रतुवामाई नगरपालिका– ३ मिर्चियाडाँगीमा ८ कठ्ठा जग्गा र रंगेली नगरपालिका– ५ धनपतिमा स्थानियवासीहरुले ६ कठ्ठा जग्गा निःशुल्क दिईसकेका छन् । उनीहरुले दिइएको जग्गामा समेत बीओपी स्थापना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्