विराटनगर । प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।
तराईका चार जिल्ला सुनसरी, मोरङ, उदयपुर र झापामा ४ जना महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार कोशी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीमा २ जना, झापामा ६ जना, मोरङमा २ जना र उदयपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १–१ जनामा, झापाको अर्जुनधारामा ३ जना, कनकाई नगरपालिकामा १ जना र मेचीनगरमा २ जनामा संक्रमण देखिएको छ । उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा थपिएका १५ सहित संक्रमितको संख्या ४४८ पुगेको छ । संक्रमितमध्ये २३४ जना उपचारपछि घर फर्किएका छन् ।