विराटनगर । सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई जना भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन ।
नेपालतर्फ लागुऔषध बोकेर प्रवेश गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीाट गस्तीमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० बर्षीय लक्ष्मण कुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन् । उनीहरुलाई गत शुक्रबार नै नियन्त्रणमा लिइएको भएपनि थप शंकास्पद कार्य गर्नेहरुको समुहका सदस्य भएको आशंकामा तीनदिनको अनुसन्धानपछि आइतबार सार्वजानिक गरिएको हो ।
शंकास्पद अवस्थामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा प्लाष्टिक भित्र लुकाई बोकेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैँया १ हजार २५०, भारतका विभिन्न बैंकका एटीएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।