बन्दाबन्दीको शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनको अभिभावकसँग आग्रह

<span class='c1'>बन्दाबन्दीको शुल्क बुझाउन प्याब्सन</span> <span class='c2'>र एन–प्याब्सनको अभिभावकसँग आग्रह</span>

 

विराटनगर । सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनले अभिभावकसँग आग्रह गरेको छ ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) शुल्क संयुक्त रुपमा आइतबार आग्रह गरेका हुन् ।


प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ती जारी गर्दै बाँकी बक्यौता चुक्ता गर्न अभिभावकसँग आग्रह गरेका छन् । दुई संगठनले भनेको बाँकी बक्यौता २०७६ चैतदेखि २०७७ साल जेठसम्मको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयहरू चैतबाटै बन्द छन् । सरकारले शुल्क नलिन गरेको निर्देशन विपरित बन्दाबन्दीको समयसँगै घरमै बसेर अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीबाट कक्षामै उपस्थित भएर अध्ययन गरेर सरह शुल्क लिइने भएको छ ।
कोरोना महामारीका कारण जटिल अवस्था सिर्जना भएको भन्दै विद्यालय सञ्चालकहरूले शुल्क तिर्न अभिभावकमाथि अनुरोधसहितको दवाव सिर्जना गरेका हुन् । देशभरि करिब दुई लाख शिक्षक–कर्मचारीको जीवनयापन कठिन भएकोले शुल्क असुल गरेर उनीहरुको पारिश्रमिक भुक्तानी गरिने उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्