विराटनगर । इलाका प्रहरी कार्यालय झापा सुरुङ्गामा कार्यरत प्रहरी जवान कमल अर्याल जेठ महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रत्येक महिना प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरले प्रदेशभरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सर्वोकृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्दै आएको छ ।
प्रहरी संगठन र कर्मचारीको मनोवल उच्च बनाउने गरि कार्य सम्पादन गरेको आधारमा जवान अर्याललाई जेठ महिनाको सर्वोकष्ट सम्मान गरिएको हो । अर्यालले विभागिय मूल्यमान्यता, आदेश र निर्देशन पालना गरी कर्तव्यनिष्ठ भएर काम गरेकोले सम्मान गर्नुपर्ने निष्कर्षमा प्रदेश १ प्रहरी कार्यालय पुगेको बताइएको छ ।
अवैध लागुऔषध ब्राउन सुगर कारोबारी, अवैध काठ चोरी निकासीमा संलग्न व्यक्ति र अवैध हतियार, गोलिगठ्ठासहित गतिविधिमा संलग्न भएका व्यक्तिहरु नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउने भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको हो ।
सर्वोकृष्ट सम्मान घोषणा तथा सम्मान दिने प्रहरीलाई पुरस्कृत गरी कार्य विवरणसहित फ्लेक्समा प्रिन्ट गरेर राख्ने प्रचलन रहेको छ ।