३७० जना कोरोनामुक्त

<span class='c1'>३७० जना</span> <span class='c2'>कोरोनामुक्त</span>

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना नागरिकले कोरोना भाईरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर घर फर्केका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले देशभरमा ३२ महिलासहित ३२८ पुरुष कोरोनामुक्त भएको जानकारी दिनु भएको हो ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या २ हजार २४२ जना पुगेको छ ।
देशभरमा पछिल्लो २४ घण्टामा ५३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ७४ महिला र ४६१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ र उपचारपछि निको हुनेको संख्या २ हजार १४२ पुगेको हो । हालसम्म २३ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको सुखद् खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्