विराटनगर । एउटै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङको सुन्दरहरैंचामा आमा, बाबुसहित ७ वर्षीया छोरी र ५ वर्षीय छोरामा एकै पटक संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको दिल्लीबाट फर्किका हुन् । उनीहरुको स्वाब संकलन गरि परीक्षण गर्दा पोजेटीभ आएको हो ।
माोरङमा यी चारजनासहित रंगेलीका ८ जना गरि एकै दिन १२ जना थपिएका छन् । त्यस बाहेक झापाका ३ मा समेत सोमबार संक्रमण पुष्टि भएको छ । झापाको दमक १ जना र भद्रपुरमा २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । प्रदेश १ मा संक्रमितको संख्या सोमबार ४६३ पुगेको छ ।