विराटनगरको आरके सिटी सेन्टरमा सोर्माको नयाँ खाना परिकार

विराटनगरको आरके सिटी सेन्टरमा सोर्माको नयाँ खाना परिकार

विराटनगर । विराटनगरको हाटखोलामा फागुनदेखि सञ्चालनमा आएको आरके सिटी सेन्टरले नयाँ प्रकारको खाजाको परिकार ल्याएको छ ।
सोर्मा नामक चिकेनको आईटमबाट बन्ने स्वादिष्ट परिकारहरु उपलब्ध हुने गरी सेन्टरले सोमबारबाट औपचारिक रुपमा विराटनगरका स्वादका पारखीहरुका लागि ल्याएको हो ।
आरके सेन्टर अगाडी रोडसाईडमा ‘नन् भेज जष्ट इट भेज बक्स’ खाजा खाने ठाँउ राखेर सोर्माका विभिन्न आईटमहरु राखिएका छन् । रोयल चिकेन सोर्मा, चिकेन चिज सोर्मा , चिकेन सोर्मा, चिकेन सोर्मा रोल र चिकेन एग सोर्मा खाजाको रुपमा उपलब्ध हुने आरके सिटी सेन्टरका म्यानेजर उदय चौधरीले जानकारी दिए ।
स्वाच्छ र स्वाष्दिटका आईटमसँगै पानी पुरी र समोसाका परिकारहरु उपलब्ध हुने चौधरीले बताए । ५ महिना अघि विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माको करिब ७० करोड लगानीमा आधुनिक सुविधासहितको सेन्टर संचालनमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्