विराटनगरका दुई युवा अष्ट्रेलियामा पक्राउ

<span class='c1'>विराटनगरका दुई युवा</span> <span class='c2'>अष्ट्रेलियामा पक्राउ</span>

विराटनगर । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका दुईजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुईजना नेपालीलाई त्यहाँको कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं तह र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको छ ।

नेहा गिरी
उनीहरुमध्ये नेहा एकवर्ष अगाडी मात्रै अष्ट्रेलिया गएकी हुन् । पक्राउ परेका आयुसका दिदीहरु सहित गिरी बस्दै आएकी परिवारिक स्रोतले जानकारी दिइएको छ ।
अष्ट्रलियाको नाइन न्यूज सिड्नी समाचारले जनाएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै कल गरिएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनिएको थियो ।

आयुस भट्टराई
उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेपछि शंका लागेर पैसा बुझाएर वृद्धा प्रहरीमा गएकी थिइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।
त्यसपछि प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका गिरी र भट्टराईलाई पक्राउ गरेको थियो । दुवैलाई मंगलबार (आज) पारामट्टा अदालतमा उपस्थित गराइएको थियो । विराटनगरमा रहेका परिवारका सदस्यले जानकारी गराए अनुसार अदालतले पनि जमानतमा छाड्न मानेको छैन । अदालतको अगष्ट २० अर्को सुनुवाइ मिति तोेकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्