लकडाउन अवधीमा ११७ आत्माहत्या, हिंसाका २९४ मुद्दा दर्ता

लकडाउन अवधीमा ११७ आत्माहत्या, हिंसाका २९४ मुद्दा दर्ता

एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण लागि सरकारले आह्वान गरेको लकडाउन समय अवधीमा महिला तथा बालबालिका असुरक्षित देखिएका छन् ।
लकडाउन अवधीभर प्रदेश १ मा महिला तथा बालबालिकामाथि भएको हिंसाको घटनालाई अध्ययन गर्दा घरैभित्र उनीहरु असुरक्षित देखिएका हुन् ।
जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, बहुबिबाह, बालयौन दुराचार, शरिर बन्धक जजक, कर्तव्य ज्यान, आत्महत्या, घरेलु हिंसा, जातिय छुवाछुत, अप्राकृतिक मैथुन जस्ता १० वटा घटनाका ४११ मुद्दा प्रदेश १ का १४ जिल्लामा दर्ता भएका छन् ।
सरकारले लकडाउन घोषणाा गरेको चैत ११ गतेदेखि असार ४ गतेसम्म सबैभन्दा धेरै आत्माहत्याका ११७ घटना भएका छन् । जर्बरजस्ती करणीका १०९ वटा मुद्दा विभिन्न जिल्लामा दर्ता भएका छन् । यसैगरी जर्वरजस्ती करणी उद्योग अन्तर्गत ४३, बालयौन दुराचारका १०, शरिर बन्धक जर्बरजस्ती करणीका २, अप्राकृतिक हस्तमैथुनका ४, घरेलु हिंसाका ४७, जातिय छुवाछुत १ र कर्तव्य ज्यानका ७ वटा घटना भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय सुचना समन्वय शाखाका प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार घरभित्रै रहँदाको अवस्थामा हिंसामा पर्नेहरुको संख्या उल्लेख्य देखिएको हो ।
आफ्नो घरपरिवारबाट समेत महिला तथा बालबालिका असुरक्षित भएका घटनाले समाजलाई अस्थीर तथा लकडाउनले तनाव सिर्जना गरेको देखिन्छ । घरेलु हिंसाका धेरै घटनाहरु दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका परिवारका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्