विराटनगर । कोशी अस्पताल विराटनगरमा विरामीको कुरुवा बसेकी इटहरी एक युवतीलाई वार्ड भित्रै जर्वरजस्ती करणी प्रयास गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।
प्रहरीले पीडितको जाहेरीका आधारमा कटहरी–७ का २८ वर्षीय सुरज मण्डललाई नियन्त्रणमा लिइएको हो ।
अस्पतालको फिमेल मेडिकल वार्डमा आराम गरेर सुतिरहेको अवस्थामा बुधबार बिहान ३ बजेको समयमा युवतीको ओठमा चुम्बन गरेको र उनले प्रतिकार गरेपछि भागेका मण्डललाई दिउँसो पक्राउ गरिएको छ ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले पीडितको जाहेरीका आधारमा मण्डल विरुद्ध अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान गरिने जानकारी दिनुभएको छ । उनलाई थप अनुसन्धान लागि बिहीबार म्याद थपिनेछ ।
पीडित किशोरीले घटनामा संलग्नलाई कडा कारवाही गरिनु पर्ने माग गरेकी छिन् । उनले महिला हिंसाका धेरै प्रकारका घटना भईरहेको र त्यसलाई निस्तेज गर्नका लागि घटनामा संलग्नलाई कारवाही गरिनुपर्ने बताएकी छिन् ।
अस्पतालका जनसम्पर्क अधिकृत बिष्णु बुढाथोकीले मण्डल अस्पतालको कर्मचारी नभएको बताउनुभयो । तर, उनी अस्पतालमा स्वयम् सेवकको रुपमा काम गर्दै आएको जानकारहरु बताउँछन् । पक्राउ परेका मण्डलले भने आफुले विरामी कुरुवामाथी कुनै पनि अवद्र व्यावहार
नगरेको आवर विराटनगरलाई बताए । वेडमा सुतिरहेको बेला उठाउन खोज्दा उनी चिच्याएकोले म भागेको मात्र हो मण्डलले भने । पक्राउ परेका मण्डल प्रहरीको नियन्त्रणमा रहेको र उनको अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।