मोरङको बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

मोरङको बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुर निवासी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै बिहीबार साँझ ५ः३० बजे चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् ।

ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा शुक्रबारबिहान १०ः३० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको प्रदेश १ प्रहरी कार्यालय रानीले जानकारी दिइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय रानीको सुचना समन्वय शाखाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्