‘ग्लोकल आफ्टर’ स्कुलद्वारा दुईदिने भर्चुअल सम्मेलन गरिदैं

‘ग्लोकल आफ्टर’ स्कुलद्वारा दुईदिने भर्चुअल सम्मेलन गरिदैं

विराटनगर । ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागि दुईदिने भर्चुअल सम्मेलन आयोजना गर्ने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्ने भर्चुअल सम्मेलन आगामी असार १४ र १५ गते हुने भएको हो ।

ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्राइभेट लिमिटेडको एउटा अंग हो । यसले विगतमा सीप सिकाई तथा शैक्षिक कार्यक्रमहरु अफलाइन र अनलाइन माध्यमबाट गर्दै आएको छ । यो वर्ष दुईदिनसम्म अनलाइन लर्निङ भर्चुअल कन्फरेन्सका लागि शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ शिक्षाको भविष्य र सिद्धान्त विकासको अवधारणको विषयमा बहस गराउने भएको हो ।

बिभिन्न विषयहरूको अनलाइन पाठ्यक्रम समेत तयार पारिसकेको स्कुलले आधारभूत शिक्षा र सीप प्रदान गर्दै आएको छ । आगामी दिनमा अनलाइन शिक्षा पोर्टल समेत सञ्चालन गर्ने तयारीमा रहेको छ ।
सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १० मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सीटीईभीटी जस्ता शैक्षिक निकायहरु समेत जोडिएको ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी दिनुभयो । ठाकुरले सम्मेलन शिक्षण संयन्त्रको चुनौती, आविष्कार, अनुप्रयोग र समाधानमा कसरी योगदान हुनसक्छ भन्ने विषयमा केन्द्रीत छलफल हुने बताएका छन् । उनले अनलाइन सिकाई संयन्त्रमा प्रभाव बढाउन के–के विकास गर्न सकिन्छ भन्ने सम्मेलनले निष्कर्ष निकाल्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्