सांसद अधिकारीद्वारा खेलकुद सामग्री हस्तान्तरण

सांसद अधिकारीद्वारा खेलकुद सामग्री हस्तान्तरण

विराटनगर । विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ ।
क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् ।

दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताए ।
त्यस अवसरमा बोल्दै सांसद यशोदा अधिकारीले खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट क्लबलाई सहयोग गरेको बताइन् । क्लबमा प्राप्त भएका आर्थिक र सामग्री सहयोगको पार्दशी हिसाब राख्दै अघि बढ्दा सबैले पत्याउने र एउटा राम्रो क्लब बन्न सक्ने बताइन् ।


क्लबले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सके अझ राम्रो हुन्थ्यो, अधिकारीले भनिन्, ‘कोरोनाको महामारी सामान्य भए महिला फुटबल गर्नुहोस् सहयोग गरौंला । किनभने महिला खेलाडीलाई तपाईहरूले विशेष प्राथमिकता दिनुपर्छ ।’

सांसद विकास कोषको १ लाख ९७ हजार रुपैयाँ र क्लबको आन्तरिक स्रोतको ३३ हजार रुपैयाँको फुटबल खेलका सामग्री खरिद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले बताए । खेलाडीका लागि ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो ।

गत वर्ष स्थापित क्लबले विभिन्न खेलकुदका गतिविधि गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्लब गत फागुन २८ देखि चैत ६ गतेसम्म जिल्ला अन्तर कलेज फुटलबल प्रतियोगिता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्