सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समुदाय परिचालन आवश्यक : मन्त्री घिमिरे

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समुदाय परिचालन आवश्यक : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई स्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
समुदायलाई परिचालन गर्नसके विद्यालयका लागि आवश्यक सामाग्री जुटाउन सहज हुने बताउँदै मन्त्री घिमिरेले सरकारको स्रोतसँगै समुदायको स्रोत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न आवश्यक रहेको धारणा राखेका हुन् ।

झापाको दमक नगरपालिकाले विद्यालय शैक्षिक गुणस्तर सुधार सम्बन्धिको आयोजना गरेको अनलाईन कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले सामुदायिक विद्यालयको महत्वपूर्ण हिस्सा समुदाय नै रहेको बताउनुभयो । त्यहि भएर समुदाय परिचालन गर्न आवश्यक छ, मन्त्री घिमिरेले भने–पूर्व विद्यार्थी समाजको अवधारणा त्यहि अनुरुप आएको हो ।

सामाजिक विकास मन्त्रालयले पूर्व विद्यार्थी समाज गठनको अवधारणा विभिन्न तह र तप्कामा रहेका पूर्व विद्यार्थीहरुले विद्यालयमा आफ्ना अनुभव र कार्यक्रम कार्यन्वयन गर्ने माध्यम हुनसक्छ भन्ने सोचसहित ल्याएको बताएका थिए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय मितेरी सम्बन्ध कार्यक्रम, इ–एजुकेशनको व्यवस्थापन, पूर्व विद्यार्थी समाज गठन र परिचालन, आमा समुह गठन र परिचालनको काम भईरहेको मन्त्री घिमिरेको दावी थियो ।

प्रविधिमैत्री विद्यालय हुनका लागि शिक्षक पनि दक्ष हुनुपर्ने उनको जोड थियो । शिक्षक दक्ष भए मात्रै विद्यार्थीले दक्षता आर्जन गर्न सक्ने बताउँदै यसको थालनी सबै स्थानीय तहले सुरुवात गर्नुपर्ने बताएका छन् ।
प्रदेश १ ले शुरु गरेको अभियानले अन्य प्रदेशमा पनि सिकाईको आधार तयार भएको मन्त्री घिमिरेले बताएका थिए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम सम्बन्धि सामाजिक विकास मन्त्रालयले गरेको काम र उपलब्धीबारे मन्त्रालयका तर्फबाट हिक्मत वस्नेतले प्रस्तुती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्