कोरोनाका कारण थप एकजनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या २९ पुग्यो

कोरोनाका कारण थप एकजनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या २९ पुग्यो

विराटनगर । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रौतहटका ३० वर्षीय एक पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २९ पुगेको छ । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज थप ४७६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणमुक्त हुनेको संख्या भने ३१ सय ३४ पुगेको छ । आज १२१ जनाले कोरोना जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्