बोलेरोसहित २ लाख ८५ हजारको सुर्ती र दुईजना प्रहरी नियन्त्रणमा

बोलेरोसहित २ लाख ८५ हजारको सुर्ती र दुईजना प्रहरी नियन्त्रणमा

विराटनगर । भन्सार छलेर नेपाल भित्र्याइएको सुर्तीजन्य पदार्थ ल्याउँदै गरेको नयाँ बलेरो गाडीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सुनसरीको इटहरी–४ पञ्चकन्या मन्दिर अगाडीबाट २ लाख ८५ हजार मूल्य बराबरको सुर्तीजन्य वस्तुसहित दुईजनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले सुनसरी गढी गाउँपालिका–३ छिटाहाका सुरजकुमार मेहता र दुहवी नगरपालिका–५ का मनोज रौनियारलाई नियन्त्रणमा लिइएको छ । मेहता गाडीका चालक हुन् ।
गोप्य सूचनाका आधारमा प्रहरीले प्र.१–०४–००१ च ००३५ नंम्बरको ई.नं. टीबीके१के ८२२४७ भएको महिन्द्राको मोडल बोलेरो पिकअफ यूपीएफबी १.२९ टी नियन्त्रणमा लिइएको हो ।

चालु अवस्थामा रहेको बोलेरो पिकअफमा भन्सार छलेर सामान ल्याउँदै गरेको सूचनाका आधारमा पिछा गर्ने क्रममा नियन्त्रणमा लिइएको इलका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा परेका चालक र सामानका धनी रौनियारलाई विरुद्ध आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्