कोरोना भाईरस अमेरिकामा नयाँ रेकर्ड, भारतमा संख्या थपिदैं

कोरोना भाईरस अमेरिकामा नयाँ रेकर्ड, भारतमा संख्या थपिदैं

विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ६ लाख २७ हजार १०० नाघेको हो ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७७ जनाको मृत्यु भएको हो ।
अमेरिकामा पनि कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ५६ हजार ८७५ जनामा संक्रमण संक्रमण पुष्टि भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ८ सय २८ पुगेको छ ।

 

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ४ सय ८० पुगेको छ । अमेरिकामा ११ लाख ९१ हजार कोरोना मुक्त भएका छन ।
कोरोना प्रभावित देशको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको सख्या १५ लाख १ हजार नाघेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४७ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार २ सय ७७ जनाले ज्यान गुमाएका छन । कोरोना कै कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ७१ हजार ९ सय नाघेको छ ।

कोरोना प्रभावित देशको तेस्रो स्थानमा रहेको रसियामा पछिल्लो २४ घण्टामा ६ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ लाख ६१ हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्