भारतमा पछिल्लो २४ घण्टामा २४ हजार कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा २४ हजार कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २४ हजार कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि अघिल्लो २४ घण्टामा भारतमा २२ हजार ७७१ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा हालसम्म १८ हजार ६५५ संक्रमितको ज्यान गइसकेको छ भने ६ लाख ४८ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतको संघीय सरकारले लकडाउन टु लुजडाउनको नीति अख्तियार गरेपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । हरेक ५ दिन नबित्दै एकलाखभन्दा धेरै संक्रमित थपिने गरेका छन् ।

भारतमा जुन १७ मा अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन २ हजार ३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसयता रहेक दिन ४ देखि ५ सयको सेरोफेरोमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्