अनलाइन कराँते कातामा नेपाललाई तेस्रो स्थान

अनलाइन कराँते कातामा नेपाललाई तेस्रो स्थान

विराटनगर । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ ।
नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ ईरान दोश्रो भएको छ ।


ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भएको हो ।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ्ग जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन् । यस्तै सिनियर क्याटेगोरीमा पुरुष तर्फ नेपालका लागि सोनिम मानन्धरले र महिला तर्फ निता आचार्यले रजत जोडे । यसैगरि सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्