थप १८० मा संक्रमण, देशभर १५ हजार ९६४ संक्रमित

थप १८० मा संक्रमण, देशभर १५ हजार ९६४ संक्रमित

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो । संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । देशभरमा ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५–५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४–४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३–३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २–२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । आजसम्म देशभरबाट डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्