को बन्ला २८ औं आईजीपी ? आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

को बन्ला २८ औं आईजीपी ? आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ । नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् । नयाँ आईजीपी नियुक्तिसम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ । वर्तमान आईजीपी ठाकुर ज्ञवालीले २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसकारण नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्