आईजीपीमा शैलेश थापा

आईजीपीमा शैलेश थापा

विराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री लाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको छ ।

 

वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको छ । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले गरेका हुन् । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल समेत थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए ।

महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत थिए । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका हुन् । उनी २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने छन् । उक्त रिक्त स्थानमा थापालाई बढुवा गरिएको छ ।

महानिरीक्षक ज्ञवाली गएको माघ २८ गते आईजीपीमा बढुवा भएका हुन् ।
नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्