पश्चिमबाट वर्षा पूर्वतर्फ सर्दै

पश्चिमबाट वर्षा पूर्वतर्फ सर्दै

विराटनगर । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, २ र ३ लगायत पूर्वी नेपालमा शनिबारदेखि तीन दिनसम्म भारी वर्षा हुने जानकारी दिइएको छ । पश्चिम पहाडी भेगमा वर्षा कम हुँदै जाने तर पूर्वी पहाडी र तराईमा भने भारी वर्षा हुने अनुमान गरेको हो ।

देशभर केही दिनदेखि जारी वर्षा केही दिन कायम नै रहने वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार शनिबार बिहानैदेखि देशभर वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम उच्च छ । उनले सबैलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

प्रदेश १ को इलाम, विराटनगर, धनकुटा लगायतका ठाउँमा शनिबार बिहानैबाट वर्षा भइरहेको छ भने प्रदेश २ मा शुक्रबारदेखि नै वर्षा जारी छ । प्रदेश ३ को मकवानपुर, चितवन लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । पश्चिममा दाङ, कञ्चनपुर, बैतडी डडेल्धुरा, आदी ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बिहानको तुलनामा वर्षा अझै बढ्ने विभागको अनुमान छ । गण्डकी प्रदेशमा भने वर्षा कम हुने बताइएको छ । महाशाखाका अनुसार राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमस वर्षाको सम्भावना रहेको छ ।

आइतबार साँझदेखि गण्डकीदेखि पूर्वका क्षेत्रमा वर्षा अझ बढ्ने सम्भावना रहेको बताइएको छ । भारतीय क्षेत्रमा बनेको मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले केही दिनयता वर्षा बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्