सेतीवेणीको विश्वकै ठूलो शालिग्राम शिला कालिगण्डकीले डुबायो

सेतीवेणीको विश्वकै ठूलो शालिग्राम शिला कालिगण्डकीले डुबायो

विराटनगर । लगातार परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला परिसर डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको शालिग्राम शिलालाई कालिगण्डकी नदिले घेरेको हो ।

शिला क्षेत्रको परिसर डुवानमा परेसँगै यहाँका पुजारी तथा पण्डितहरु विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि त्यहाँका स्थानीय व्यापारी समेत विस्थापित हुने अवस्थामा रहेका हुन् ।

शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबिसकेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयनमा बाढीले क्षति पु¥याएको छ । नदिको मुख्य पानीको बहाव शिलामा ठोकिरहेको कारण शालिग्राम शिला पल्टाउन सक्ने संभावना रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ए जलविद्युत् आयोजनाको बाँधमा पानी थुनिने गरेका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा परेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि यस क्षेत्रका झण्डै दुई सय ब्यापारी तथा सर्वसाधरणलाई स्थान्तरणको तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्