प्रदेश १ मा ७ डिस्चार्ज, १३ संक्रमित थपिए

प्रदेश १ मा ७ डिस्चार्ज, १३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पुरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।
प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिएका हुन् ।

 

देशभरमा ७० थपिए,
पछिल्लो २४ घण्टामा दशेभरमा थप ७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५–५ जना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४–४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३–३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २–२ जना संक्रमित थपिएका छन् ।

 

यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्