अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय चलचित्र क्षेत्रका अभिनेता एवं बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना भाईरस संक्रमण पोजेटिभ पुष्टि भएको छ । उनीसँगै उनका छोरा अभिषेक बच्चन समेत संक्रमणको शिकार बनेका छन् ।

अमिताभसँगै छोरा अभिषेकलाई समेत गएराति नै मुम्बई स्थित नानावती अस्पताल भर्ना गरिएको छ । अमिताभका पारिवारीक सदस्य तथा अभिनेतृ ऐस्वर्या रायको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उनको रिपोर्ट आज आउने छ ।

भारतमा अहिले सम्म ८ लाख बढी कोरोना संक्रमित पुगेका छन् भने २२ हजार बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्