संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै

<span class='c1'>संक्रमित भन्दा डिस्चार्ज</span> <span class='c2'>हुनेको संख्या धेरै</span>

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्