विराटनगरका उद्योगी–व्यवसायीको चिन्ता : बैंकले त मनपरी नै गरिसके

विराटनगरका उद्योगी–व्यवसायीको चिन्ता :  बैंकले त मनपरी नै गरिसके

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले कोभिड १९ का कारण धरासयी भएका उद्योग, व्यवसायीलाई बैंकले धम्कीपूर्ण भाषा प्रयोग गरेर कर्जा तथा ब्याज असुल्ने नीति लिइएको गुनासो गरेका छन् ।

उनीहरू कोभिड १९ का कारण धरासायी भएका उद्योग व्यवसायहरूको उत्थानका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भुक्तानीका लागि समय दिए पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई कडाइ गरेको उल्लेख गरेको गुनासो गरेका हुन् ।


उद्योगी व्यवसायीहरूको खाताबाट विना जानकारी रकम स्वतः डेविट गरिएको, २ प्रतिशत ब्याज छुटको व्यवस्था कार्यान्वयन नभएको, कर्जा नवीकरण शुल्क मनोमानी रुपमा लिइएको उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघमा आवद्ध उद्योगी–व्यवसायीको भनाई छ ।
नेपाल राष्ट्र बैंकलाई बैंकहरूको मात्र संरक्षण नगरी आर्थिक गतिविधि चलायमान राख्ने उद्योग व्यवसायहरूको समेत संरक्षण गर्न उनीहरूले माग गरेका हुन् ।

उद्योगी व्यवसायीहरूलाई हतोत्साहित पार्ने गरी बैंकहरूबाट भएका गतिविधिलाई समयमै नियमन गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष उनीहरूले अनुरोध गरेका छन् । जारी लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेकोले बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी एवं कर तथा राजस्व भुक्तानीको समयावधिलाई लकडाउन पूर्ण रुपमा खुलेपश्चात् तीन महिना थप गर्न पनि माग गरेका छन् ।

त्यस्तै विगत ४ महिनादेखि जारी लकडाउनका कारण उद्योग व्यवसाय बन्द रहेको समयलाई शून्य समय मानी सो अवधिको वीमा शुल्क छुट गर्न अथवा समय थप गर्न वीमा कम्पनीहरूलाई स्पष्ट निर्देशन गर्न नियमन निकाय राष्ट्रिय वीमा समितिको उनीहरूले ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको तीन संस्थाको बैठकले एनएमबी बैंकका अध्यक्षसमेत रहेका पवन गोल्यानको भनाई प्रति आपत्ति समेत जनाएका छन् । गोल्यानले सयौं प्रतिशत नाफा कमाउने व्यापारीले पनि बैंकको नाफा धेरै भयो भनेको सुहाएन भनेको अभिव्यक्ति गलत रहेको बताएका हुन् ।
विगत डेढ वर्षदेखि बैंकको ब्याज बढी भयो, बैंक सामन्त भए भनेर आन्दोलनसमेत गरेका विराटनगरका उद्योगी, व्यवसायीले बिहीबार संयुक्त बैठक गर्दै मौद्रिक नीतिमा केहि सच्याएर आउनुपर्ने माग गरेका राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्