बेलायतमा कोरोना भाईरस विरुद्धको खोप परीक्षण सफल

बेलायतमा कोरोना भाईरस विरुद्धको खोप परीक्षण सफल

ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ ।

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरुको शरिरले कोरोना भाइरस विरुद्ध लड्न सक्ने एन्टीबडी र टि–सेलहरु बनाउन सकेको थियो ।

यी परीक्षण सकरात्मक छन् तर कोरोना भाइरसको सङक्रमण विरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन अझै समय लाग्ने छ । यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ ।
स्रोतः बीबीसी न्यूज नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्