भारतमा एकैदिन ४५ हजार संक्रमित

भारतमा एकैदिन ४५ हजार संक्रमित

विराटनगर । भारतमा एकै दिन ४५ हजार बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ९९ जना संक्रमित थपिएसँगै भारतमा संक्रमित संख्या १२ लाख ३९ हजार छ सय ८४ पुगेको छ । भारतमा कोरोनाका कारण २९ हजार ८९० जनाले ज्यान गुमाइसकेका छन् ।

 

उपचारमा रहेका चार लाख २५ हजार ५२८ जना रहेकोमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ । सबैभन्दा बढी संक्रमित भेटिएको मुलुक अमेरिकामा हालसम्म संक्रमित संख्या ४० लाख ९९ हजार आठ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार तीन सय १५ जना नयाँ बिरामी थपिएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४६ हजार एक सय ३६ पुगिसकेको छ । २० लाख १४ हजार २९ ना उपचाररत रहेकोमा १९ हजार एक सय ७९ जनाको अवस्था गम्भीर छ ।

 

कोरोनाबाट प्रभावित हुने मध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा २४ घण्टाभित्रमा ६५ हजार तीन सय ३९ संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या २२ लाख ३१ हजार आठ सय ७१ पुगेको छ । ८२ हजार आठ सय ९० जनाले ज्यान गुमाएका छन् । एकै दिनमा एक हजार दुई सय ९३ जनाको मृत्यु भयो ।

१५ लाख ३२ हजार एक सय ३८ जना उपचारपछि घर फर्किएका छन् । छ लाख १६ हजार आठ सय ४३ जना उपचार गराइरहेका छन् । ती मध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । विभिन्न मुलुकमा नयाँ बिरामी थपिने क्रम जारी रहेसँगै विश्वमा संक्रमित संख्या एक करोड ५३ लाख ६३ हजार आठ सय नौ पुगेको वाल्वोमिटरले जनाएको छ ।

एकै दिन विभिन्न मुलुकमा गरेर दुई लाख ७८ हजार पाँच सय ९१ संक्रमित थपिए । ज्यान गुमाउनेको संख्या छ लाख २९ हजार दुई सय ८८ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै सात हजार एक सय सात जनाको मृत्युु भएको छ । ९३ लाख ४० हजार नौ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५३ लाख ९३ हजार छ सय नौ जना उपचाररत रहेकोमा ६६ हजार एक सय ७७ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्