विराटनगर । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको मासिक तलव सचिव सरहको निर्धारण गरेको छ ।
नयाँ नियुक्ति हुने सदस्य सचिवको तलव मासिक ६० हजार रुपैयाँ निर्धारण गरेको हो ।
सदस्य सचिव छनोटका लागि बनाइएको सिफारिस समितिले सदस्य सचिवको पारिश्रमिक मासिक ६० हजार निर्धारण गरेको छ ।
यस अघि राखेप सदस्य सचिवको तलव राखेप बोर्डले निर्धारण गर्दै आएको थियो ।
नयाँ सदस्य सचिवका लागि सिफारिस समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, लीलबहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको छ ।